Logo
Logo

उपत्यकामा १५ दिन कर्फ्यू लगाउन माग, निषेधाज्ञाबारे आज निर्णय हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकामा १५ दिन कर्फ्यू आदेश जारी गर्न माग गरेको छ । जारी निषेधाज्ञालाई थप कडा बनाइनुपर्ने आवश्यक भएको कर्फ्यूको माग गरेको हो ।
मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए ।
कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने फोरमको निष्कर्ष छ ।
उपत्यकामा भदौ ३ गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरातदेखि सकिँदैछ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्