Logo
Logo

प्रतिनिसभाबाट महत्त्वपूर्ण पाँच विधेयक पारित गरिँदै 


2.7k
Shares

काठमाडौं ।  प्रतिनिधिसभाले भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर अनुसार पाँच महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले शुक्रवार सिंहदरबारमा प्रमुख पाँच राजनीतिक दलका सचेतकहरूसँग छलफल गरी यो तालिका बनाएका हुन् ।

The current image has no alternative text. The file name is: devraj-ghimire-samsad.jpg

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती सेवा र संवैधानिक परिषद् विधेयक पारित गरिनेछ । शुक्रवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्नेछन् ।

भदौ १८ मा नागरिकता र संवैधानिक परिषद् विधेयक पारित गर्ने योजना छ । गत साउन ८ मा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संवैधानिक परिषद् विधेयकमाथि पनि छलफल हुनेछ । 

भदौ १९ मा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने र राष्ट्रिय सभाबाट फिर्ता आएपछि राष्ट्रपतिसमक्ष पठाउने तयारी छ । यस्तै, भदौ २६ मा विद्यालय शिक्षा विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भदौ १५ देखि ३० सम्मका लागि बैठक तालिका तय भएको बताए । 

प्रतिक्रिया दिनुहोस्