Logo
Logo

प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने


1.6k
Shares

काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणमा संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । 

The current image has no alternative text. The file name is: santosh-pariyar.jpg

प्रधानमन्त्री ओलीले आफ्नो आगामी चीन भ्रमणबारे जानकारी दिनेछन् । बिहीबार सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधनका क्रममा संसद् बहिष्कार नगर्ने बताए ।

उनले प्रधानमन्त्रीको सदनमा बोल्ने अधिकारलाई प्राथमिकता दिइने उल्लेख गरे । परियारले भने, ‘हामी संसद्मा आन्दोलनमा छौँ, तर केही आवश्यक काममा ध्यान दिनुपर्छ। प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी दिनुहुनेछ, जुन उहाँको अधिकार हो ।’ शनिवारदेखि चीन भ्रमणमा जान लागेका ओलीले सदनलाई भ्रमणबारे जानकारी गराउन लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्