Logo
Logo

सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नाघ्यो


693
Shares

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको हो ।
आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।

यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४ सय डलर नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्