Logo
Logo

राप्रपाले थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीहितविपरीत गतिविधि गरेको आरोपमा ८ जना नेतालाई स्पष्टीकरण र कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा भएका अनुशासित कार्यहरूको आधारमा उनीहरूमाथि कारबाही गर्न लागिएको हो ।

The current image has no alternative text. The file name is: raparpa.jpg

राप्रपाको युवा सङ्गठन, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको काठमाडौं अधिवेशनमा हुलहुज्जत गरेको आरोपमा चार जनालाई स्पष्टीकरण सोधिएको छ । ती नेताहरूमा केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं-४ का अध्यक्ष रिद्धिप्रताप राणा र असन्तुष्ट पक्षले काठमाडौं युवा सङ्गठनको जिल्ला अध्यक्ष बनाएका ज्योति लामा रहेका छन् ।

राप्रपा सचिवालयका अनुसार २८ साउनमा भएको उक्त अधिवेशनमा पार्टीबाहिरका व्यक्तिहरूलाई संलग्न गराएर हुलदङ्गा मच्चाएको र प्रशिक्षण भेला आयोजना गरेको आरोप उनीहरूमाथि लागेको छ ।अनुशासन समितिको बैठकले यी नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ ।

यस्तै, सुर्खेतस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न उक्साएको आरोपमा अन्य चार जनाविरुद्ध पनि कारबाही प्रक्रिया सुरु गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीको गृहजिल्ला सुर्खेतमा पार्टी कार्यालयमा तालाबन्दी गर्न उक्साएको संस्थापन पक्षको दाबी छ । 

केन्द्रीय सदस्य जनक सिंह, भिमबहादुर शाही, युवक सङ्गठनका नेता प्रेम बिसी र लक्ष्मी कुमारी सार्कीविरुद्ध पनि स्पष्टीकरण सोधिएको छ । लक्ष्मी कुमारी सार्कीमाथि अनधिकृत रूपमा कार्यसमिति बैठक राखेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्