Logo
Logo

एमाले सांसदले भने-काम गर्न नसक्ने गृहमन्त्री राजीनामा दिनुस्


1.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेकाले आफूलाई दिन माग गरेका छन् । 

The current image has no alternative text. The file name is: kirana-kumar-shaha-1.jpg

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले मुलुकमा हत्या, लुटपाट जस्ता घटना बढिरहेको तथा कानुनको कार्यान्वयन गर्न सरकार असफल भएको भन्दै आफूलाई एक महिना गृह मन्त्रालय चलाउन दिन माग गरेका हुन् ।

‘म स्पष्ट भन्छु यो सबै गृहमन्त्रीको लापरबाही र कमजोरी हो । यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने त्यो मन्त्रालय मलाई दिनुस्’, साहले भने- ‘एक महिनाका लागि दिनुहोस् म देखाउँछु सुशासन, संविधान कार्यान्वयन र कानुनी शासन भनेको के हो ।’ उनले आफू त्यसो गर्दा सफल नभएमा सांसद पदबाट राजीनामा दिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्