काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन भ्रमण गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो भ्रमणको कार्यक्रमबारे जानकारी दिए ।

प्रधानमन्त्री ओली तियानमेनमा आयोजित शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् र त्यहाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । सम्मेलनपछि उनी रेलमार्फत भदौ १७ गते बेइजिङ प्रस्थान गर्नेछन् ।
बेइजिङमा आयोजित जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवको परेडमा पनि उनले भाग लिनेछन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुस, भियतनाम, माल्दिभ्स, लाओस र कम्बोडियाका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम तय भएको छ ।














