Logo
Logo

नेकपाको सचिवालय बैठक बस्दै, वामदेव र युवराजको भाग्य फैसला हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मुख्य एजेन्डा राष्ट्रियसभाको एक रिक्त सिटमा कसलाई नियुक्तिसम्बन्धि छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अर्थमन्त्री डा.युवराज खतिवडालाई नै दोहोर्याउन चाहेका छन् । तर, नेकपाका बरिष्ठ नेता वामदेव गौतमले आफुलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय कार्यान्वायनको माग गरेका छन् । नेकपाका अध्यक्ष प्रचण्ड पनि वामदेवकै पक्षमा छन् । सो विषयमा सहमति नभएपछि नेताहरुबीच तिव्र दौडधुप छ ।
दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले वामदेव वा युवराजको भाग्य फैसला गर्ने सम्भावना छ । राष्ट्रियसभामा नियुक्त नभए युवराजको मन्त्रीको कार्यकाल शनिबार सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्