Logo
Logo

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश


882
Shares

काठमाडौं । काटमाडौं जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले आज विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

The current image has no alternative text. The file name is: araniko-pandey.jpg

सरकारी वकिलको कार्यालयले आज बिहान उनविरुद्ध मुद्दा दर्ता गरेको थियो । सामान्यतया फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने प्रचलन रहे पनि यो मुद्दामा दर्ताकै दिन बयान र बहस भई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्