Logo
Logo

नापी अधिकृतसँग करिब ६ करोड गैरकानुनी सम्पत्ति, पत्नी र दुई छोरालाई पनि मुद्दा


5.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.jpg

आयोगका अनुसार, यादवले लामो समय निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै राजनीतिक र विभागीय प्रभावको दुरुपयोग गरी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने, प्लट मिलानको नाममा आर्थिक अनियमितता गर्ने जस्ता गैरकानुनी कार्यमार्फत ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको खुलासा भएको छ ।

अनुसन्धानले यादवले २०५३ देखि २०८१ सम्म सार्वजनिक पदमा रहँदा ९ करोड ३ लाख रुपैयाँ वैध आय आर्जन गरेको देखाएको छ। तर, सोही अवधिमा उनले १४ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्तिमा खर्च र लगानी गरेको पाइएको छ । यसरी ५ करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै आयोगले बिगो कायम गरी मुद्दा दायर गरेको हो।यादवले सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुठा तथ्य पेस गरेको आयोगको दाबी छ ।

उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी गायत्री यादव र छोराहरू सुधान्सु यादव र शुभम यादवको नाममा समेत राखेको प्रमाण फेला परेको छ । आयोगले यादवसहित उनकी पत्नी र दुई छोरालाई प्रतिवादी बनाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र गैरकानुनी सम्पत्ति जफतको मागसहित मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्