Logo
Logo

प्रतिनिधिसभामा नागरिकता विधेयक टेबुल


378
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले सो विधेयक टेबुल गरेका हुन् ।

The current image has no alternative text. The file name is: parliyament.gif

यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ । उपसभामुख इन्दिरा रानामगरले राखेको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो ।

यसअघि सो समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएकी छन् । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्