Logo
Logo

सरकार र उखु किसानबीचको वार्ता बिना निष्कर्ष टुङ्गियो


315
Shares

काठमाडौं ।  सरकार र उखु किसानबीच भएको वार्ता कुनै सहमतिबिना सकिएको छ । शुक्रवार सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले बताए । 

The current image has no alternative text. The file name is: barta.jpg

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । जवाफमा सङ्घर्ष समितिले आन्दोलन नरोकिने, तर यसको स्वरूप परिवर्तन गर्न सकिने बताएको थियो । 

प्रवक्ता यादवका अनुसार, किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग राखेका छन् । उनले कृषि मन्त्रालयको वार्षिक बजेटमा उखु किसानका लागि २ अर्ब रुपैयाँ छुट्याइए पनि अर्थ मन्त्रालयले रकम रोकेको आरोप लगाए । 

यादवले शनिवार बिहान ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी रणनीतिबारे जानकारी दिने बताए । उनले उखु किसानको ७५ करोड रुपैयाँ निकासा भइसकेको र दशैँअघि थप ७५ करोड निकासा गर्नुपर्ने माग राखे ।

प्रतिक्रिया दिनुहोस्