बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर मेयर सजरुद्दिन मुसलमान खानको निधन भएको छ । मेयर खानको आज शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए ।

उनकाअनुसार मेयर सजरुद्दिन शुक्रबारमात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए । आज बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । खान ७० वर्षका थिए ।














