Logo
Logo

वीरगन्जमा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला


1.4k
Shares

पर्सा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता कार्यकर्ताले वीरगन्जमा भव्य सम्मान गरेका छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि शनिबार वीरगन्ज आएकी भण्डारीलाई नेता कार्यकर्ताले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई सिमरा विमानस्थलमा स्वागत गर्नका लागि नेता कार्यकर्ताहरू पुगेका थिए । वीरगन्ज पुगेपछि एमालेका नेता कार्यकर्ताहरू उनको सम्मानमा सहभागी भएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरेपनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन् ।

गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए । सोहीदिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । तर, एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वतः नवीकरण नभएको बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्