Logo
Logo

राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी


189
Shares

काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै उनीहरुले अब राष्ट्रिय राजमार्गअवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

बैठकपछि महासंघले विज्ञप्ति जारी गर्दै यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताएको छ ।

उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर–खेतमा फर्किने वातावरण बनाउन महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्