Logo
Logo

रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो


693
Shares

काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।

The current image has no alternative text. The file name is: cricket-8.gif

शनिवार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो । साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने  सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्