काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियान्जिनमा राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा दुवै नेताले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउन र आपसी सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाए ।

ओलीले नेपालको विकासमा चीनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै पञ्चशील सिद्धान्तमा आधारित सम्बन्ध सधैँ समस्यामुक्त रहेको बताए ।प्रधानमन्त्रीले शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सदस्यताका लागि चीनसँग आग्रह गरे । उनले बिआरआई परियोजनाहर, मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु अनुकूलता र जनस्तर सम्पर्कजस्ता क्षेत्रमा सहयोगको अपेक्षा गरे ।
साथै, उनले लिपुलेक मार्ग हुँदै भारत–चीन सीमा व्यापार समझदारीप्रति नेपालको कडा आपत्ति जनाए । राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा सहयोगको प्रतिबद्धता जनाए ।
उनले ‘एक-चाइना नीति’प्रति नेपालको दृढताको प्रशंसा गर्दै बिआरआई परियोजनामा निरन्तर समर्थनको आश्वासन दिए ।














