Logo
Logo

उखु किसानहरुले आज दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने


189
Shares

काठमाडौं । सडक आन्दोलनमा उत्रिएका उखु किसानहरुले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिने भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

यसैक्रममा आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीले जानकारी दिए ।

दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएकाले धर्ना दिन लागेको उनले बताए ।

उनले भने, ‘गत वर्षदेखिकै भुक्तानी नपाउँदा किसानहरूले ठूलो पीडा र आर्थिक संकट व्यहोर्न बाध्य हुनुपरेको छ । दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा कठिनाइ भएको छ ।’

उनका अनुसार धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने छ । धर्ना कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने छ ।

सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका उखु किसानहरुले राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्