Logo
Logo

सुन हालसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?


567
Shares

काठमाडौं । आतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज एकैदिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्