Logo
Logo

दूध उत्पादक किसानहरुको प्रदर्शनमा प्रहरीको हस्तक्षेप


252
Shares

काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । लैनचौरस्थित दुग्ध विकास संस्थान (डिडिसी)को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो । किसानहरुले दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए ।

तर, उनीहरुको माग सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डिडिसीको कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका थिए । त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

प्रतिक्रिया दिनुहोस्