Logo
Logo

सिन्धुलीमा पानी ट्यांकीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु


315
Shares

सिन्धुली । सिन्धुलीमा पानी ट्यांकीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । गोलञ्जोर गाउँपालिका वडा नम्बर–६ की २ वर्षीया प्रिन्सिका रम्तेलको मृत्यु भएको हो ।

उनको शनिबार साँझ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्