Logo
Logo

रञ्जिताले बोलाएको बैठक सुरु, रेशम गएनन्


1.1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । केहि बेरअघि सुरु भएको बैठकमा ११ जना केन्द्रीय सदस्यहरू सहभागी छन् ।

बैठकमा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा सो पार्टीका संरक्षक रेशम चौधरी भने सहभागी छैनन् । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच अहिले विवाद चलिरहेको छ ।

केही समयअघि चौधरीले राष्ट्रिय भेला बोलाएर अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । उनको ठाउँमा लालवीर चौधरीलाई अध्यक्ष बनाइएको थियो । तर निर्वाचन आयोगले लालवीर चौधरीलाई अध्यक्षमा मान्यता दिएन । जसले गर्दा रञ्जिता श्रेष्ठ नै अहिले अध्यक्षमा कायम भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्