Logo
Logo

उम्मेदवारलाई असहयोग नगर्न रास्वपा आकांक्षीलाई रविको आग्रह


3.5k
Shares

काठमाडौं । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका आकाङ्क्षीहरूले सभापति रवि लामिछानेलाई नक्खु कारागार पुगेर भेटेका छन् ।  

The current image has no alternative text. The file name is: raswopa-aakanshi.jpg

सहकारी ठगी तथा सङ्गठित अपराधमा पुर्पक्षका लागि ललिनपुरको नक्खुु कारागारमा रहेका लामिछानेले भेट्न आज आइतबार ९ जना आकाङ्क्षी पुगेका थिए । 

भेटमा लामिछानेले ९ मध्ये एक उम्मेदवार हुने र उम्मेदवार नहुनेले उम्मेदवार भएकालाई सहयोग गर्न सुझाएका छन् । 

रवी लामिछानेले उम्मेदवारलाई कतैबाट असहयोग नगर्न र आपसी रूपमा सहकार्य गरी अघि बढ्न सुझाएका छन् ।  रास्वपाले आज उम्मेदवारको नाम सार्वजनिक गर्दै छ । रास्वपाले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोट समिति बनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस्