Logo
Logo

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध


378
Shares

काठमाडौं । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा खसेको ढुंगा–माटोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

दोभान प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग निर्माण भएको क्षेत्रमा वर्षासँगै ढुंगा झर्ने र ढुंगासहितको माटो, लेदो झरिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले वर्षा नरोकिएकाले तल्लो सिद्धबाबा र दोभान प्रहरी चौकी क्षेत्रमै सवारी साधन रोकिएको जनाएको छ ।

सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्