Logo
Logo

भुटानसँग बराबरी खेल्दै सक्कायो नेपालले साफ यु-१७ महिला च्याम्पियनसिप


378
Shares

काठमाडौं । नेपालले भुटानसँग बराबरी खेल्दै साफ यु-१७ महिला च्याम्पियनसिपक टुंगाएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आइतबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १-१ को बराबरी खेलेको हो । योसँगै नेपाल तेस्रो हुन सफल भएको छ ।

The current image has no alternative text. The file name is: football-3.gif

नेपाल ६ खेलमा १ मात्रै जित हात पार्न सफल रह्यो । उक्त जित पनि नेपालले पहिलो लेगमा भुटानमाथि नै निकालेको थियो । उक्त खेलमा सहारा लिम्बूको सानदार दुई गोलसँगै नेपालले २-१ को पुनरागमन जित निकालेको थियो । सोही जित नै नेपाललाई तेस्रो बनाउन पर्याप्त बन्यो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो । 

नेपालले उपाधि विजेता भारतसँग ७-० र ५-० को हार बेहोरेको थियो । बङ्गलादेशसँग भने ३-० र ४-१ को पराजय बेहोर्न पुग्यो । भुटान भने २ अङ्कसहित पुछारमा रह्यो । भुटानले बङ्गलादेशसँग पहिलो लेगमा ३-१ को हार बेहोरेको थियो । तर, दोस्रो लेगमा भने उक्त १-१ को बराबरी खेल्दै अङ्क हासिल मात्रै गरेन भारतलाई उपाधि नै दिलाइदियो । भारतसँथ भने ८-० र ५-० को फराकिलो हार बेहोर्‍यो । 

आइतबार नेपालका लागि बबतिका कार्कीले गोल गरिन् । भुटानका लागि  सोनम याङ्जेनले बराबरी गोल फर्काउँदै नेपाललाई प्रतियोगिता सुखद् तरिकाले अन्त्य गर्न दिइनन् ।

प्रतिक्रिया दिनुहोस्