Logo
Logo

अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तिमा २० जनाको मृत्यु, सडकहरु अवरुद्ध


252
Shares

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११ः४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको स्थानीय मिडियाले जनाएका छन् ।

६ म्याग्नेच्यूडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ ।

तालिबान सरकारका अधिकारीहरूले राहत तथा उद्धार संस्थाहरूसँग सहयोगको अपील गरेका छन् । बीबीसीका अनुसार भूकम्पसँगै आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन् । तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोत भएको जनाउँदै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टरसहित सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्