
एजेन्सी । इजरायलको हवाई आक्रमणमा परि हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदा मारिएका छन् ।
बीबीसीका अनुसार इजरायलका रक्षा मन्त्री इजरायल कात्जले आईडीएफ र इजरायलको सुरक्षा एजेन्सी शिन बेटलाई सामाजिक सञ्जाल एक्समा बधाई दिंदै उनको मृत्यु पुष्टि गरेका छन् ।
हमासले भने उनको मृत्युको पुष्टि गरिसकेको छैन । ओबेदा हमासको सैन्य शाखाका बाँकी केही वरिष्ठ नेतामध्ये एक थिए, जसले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेका थिए ।
४० वर्षीय ओबेदाले विगत केही वर्षमा हमासको अल–कासाम ब्रिगेडको तर्फबाट इजरायलविरुद्ध लामो भाषण दिने गरेका थिए । सधैं प्यालेस्टिनी स्कार्फले अनुहार ढाक्ने उनी मध्यपूर्वभर हमास समर्थकहरूका लागि प्रतीक बनेका थिए ।











