Logo
Logo

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता


189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले सोमबार बिहान लाओसका राष्ट्रपति सुसौलिथसँग दुईपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरूमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीले आजै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्