
काठमाडौं । पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन भएको छ । वैज्ञानिक समाजवादी पार्टीको प्रवुद्ध समितिका संयोजक समेत रहेका उनको गएराति ९३ वर्षको उमेरमा निधन भएको हो ।
वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले वक्तव्य जारी गर्दै अर्यालको निधनले नेपाली कम्युनिस्ट आन्दोलले एक क्रान्तिकारी धरोहर गुमाएको बताएका छन् ।
‘अर्यालको दुःखद् मृत्युले नेपाली कम्युनिस्ट आन्दोलले एक क्रान्तिकारी धरोहर गुमाएको छ,’ वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी कमरेड नन्दन अर्यालले संकल्प गरेको वैज्ञानिक समाजवाद निर्माणको यात्रामा ढृढलापूर्वक लाग्ने संकल्प गर्दछ। र, सिंगो पार्टी पङ्ती एवं न्यायप्रेमीहरूलाई संकल्पित हुन अपिल गर्दछ ।’
वि.सं.१९८९ साल चैत १४ गते बारामा जन्मिएका अर्यालले २००९ सालदेखि ११ सालसम्म बारा र रौतहटमा भएका किसान आन्दोलनको नेतृत्व गरेका थिए।














