
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरूले काठमाडौंमा स्कुल बसको र्याली निकालेका छन् ।
विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै आएका पाँच संस्थाले स्कुल बससहित चक्रपथमा प्रदर्शन गरेका हुन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले विरोध स्वरुप संयुक्त रुपमा निजी विद्यालयका पहेँला बसहरु चक्रपथको एक लेनमा निकालेका हुन् । जसकारण कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।














