
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका समकक्षी सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (ससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले आज कम्बोडियाका समकक्षीसँग भेटवार्ता गरेका हुन्।
उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरूमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आजै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्ने कार्यक्रम छ ।














