Logo
Logo

निजामती विधेयकमाथिको छलफलबाट बाहिरिइन् मन्त्री न्यौपाने


1.4k
Shares

काठमाडौं । निजामती विधेयकको छलफल चलिरहेको बेलामा समय मागेर सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने समिति बैठकबाट बाहिरिएकी छिन् ।

The current image has no alternative text. The file name is: samiti.gif

सोमबार विधेयकमा छलफल चलिरहँदा मन्त्री न्यौपानेले समय मागेर बाहिरिएकी हुन् । सभापति तुलसीकुमारी दाहालले पनि उनले मागेको एकछिन् समय दिइन् । सभापति दाहालले सहमतिका लागि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्ने वा  माननीयहरूले सरकारको प्रस्ताव मान्नुपर्ने बताइन् ।  

समय मागेर सङ्घीय मामिलामन्त्री भगवती न्यौपाने बाहिरिएपछि पनि सांसदहरू भने बैठकमै छन् । उनीहरूले आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् ।

निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा कुरा मिलेको छैन । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको नयाँ प्रस्तावमा समर्थन जनाएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् ।

प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्