Logo
Logo

नेप्से बढ्यो, कारोबार रकम भने घट्यो


189
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, सोमबार भने बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

सोमबार नेप्से परिसूचक १२.०३ अङ्क बढेर २७६२.७४ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.७४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अङ्क बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३२६ स्टकको ६८ हजार ७७५ पटकको कारोबारमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज हिम स्टार ऊर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत बढेको छ । त्यस्तै,स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको सेयरमूल्य ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ७.६८ प्रतिशत घटेको छ । विकाश हाइड्रोपावरको सेयरमूल्य करिब ५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैङ्कको करिब साढे २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको करिब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ । अरू उपसमूहको परिसूचक भने सामान्य बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.१५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्