Logo
Logo

प्याब्सनले भन्यो-शिक्षा विधेयकमा असहमति छ, विद्यालय बन्द गर्दैनौँ


1.3k
Shares

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले विद्यालय शिक्षा विधेयकप्रति असहमति भएपनि विद्यालय बन्द गराएर आन्दोलन गर्ने पक्षमा नरहेको जनाएको छ । 

The current image has no alternative text. The file name is: teacher-3.gif

नेसनल प्याब्सनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा स्वीकार गरिएकाले विद्यालय बन्द, हड्तालको पक्षमा नरहेको जनाएको हो ।

त्रकार सम्मेलनमा नेसनल प्याब्सनका अध्यक्ष गीता क्षेत्री राणाले ५४ बर्ष पश्चात आउन लागेको विद्यालय शिक्षा ऐनले विद्यार्थी, अभिभावक , निजी लगानीकर्ता र सम्रग शिक्षा क्षेत्रको कोशेढुङ्गा सावित होस् भन्ने चाहना रहेको बताइन् ।  उनले आफूहरूले सरोकारवाला निकायमा निजी विद्यालय सञ्चालकका विषयबारे जानकारी गराएको र सकारात्मक जवाफ आएको उल्लेख गरिन् ।

अध्यक्ष राणाले निजी विद्यालयहरूले विद्यार्थीलाई प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति यथावत् नै राख्नुपर्ने, पूर्ण छात्रवृत्तिको व्यवस्था हट्नुपर्ने, निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने विषय न्यायोचित नरहेको बताइन् । उनले आफूहरू विद्यालय बन्द गरेर आन्दोलन गर्ने पक्षमा नरहेको बताइन् । 

त्यस्तै उच्च शिक्षा छात्रवृत्तिमा सरकार र नेपालका विभिन्न विश्व विद्यालयहरूले कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने व्यवस्था हटाउनुपर्ने नेसनल प्याब्सनको माग छ ।  

प्रतिक्रिया दिनुहोस्