Logo
Logo

गोरखामा ४ म्याग्निच्युडको भूकम्प गयो


315
Shares

काठमाडौं । आज बिहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले क्षति पर्याएको जानकारी भने अहिलेसम्म नआएको छैन प्रहरीले जनाएको छ ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्