Logo
Logo

सैन्य परेडमा सहभागी हुन बेइजिङ पुगे प्रधानमन्त्री


504
Shares

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बइजीङ पुगेका छन् ।

तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल केहि बेरअघि बेइजिङ पुगेको हो ।

बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । त्यसपछि उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

चीनले बुधबार फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गर्दैछ । सो सैनिक परेडमा सहभागी भएर प्रधानमन्त्री बुधबारै स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्