Logo
Logo

नाडाको विशेष साधारणसभा स्थगित गर्न निर्देशन


378
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते हुने भनिएको नाडाको वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको छ ।

यसअघि नै भएको विधान संशोधन विवाद समाधान नहुँदै महासंघमा रुपान्तरण हुने घोषणासहित नाडाले विशेष साधाणसभा बोलाएपछि प्रशासनले पत्र पठाएर तत्कालका लागि उक्त साधारणसभा रोक्न भनेको हो ।

नाडाले भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको आफ्नो १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।

उक्त बैठकले नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण गर्ने विषय अघि सार्दै भदौ २४ गते विशेष साधारण सभा गर्ने तय गरेको थियो । तर, यसअघि नाडामा देखिएका विवाद समाधान नहुँदै विशेष साधारण सभा बोलाउन लागिएको भन्दै सोमबार उजुरी परेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले तत्काललाई विशेष साधारणसभाको कामकारबाही अगाडि नबढाउन निर्देशन दिँदै सात दिनभित्र कार्यायलमा उपस्थित हुन समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्