Logo
Logo

निजामती विधेयक विधायन समितिबाट पास, आजै राष्ट्रिय सभामा पेस हुने


1.1k
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयक विधायन व्यवस्थापन समितिबाट पास भएको छ । आज (मंगलबार) बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल गरेर विधेयक प्रतिवेदन पास गरिएको हो ।

सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।

समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी रहेको समिति सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्