काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ ।

नेकपा एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मङ्गलवार उनीहरूबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजकुमार भट्टराईले जानकारी दिए ।
बैठकमा समाजवादी मोर्चालाई मोर्चालाई सक्रिय बनाउने, बाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
त्यस्तै पार्टीभित्र देखिएका असमझदारीलाई निराकरण गर्ने विषयमा पनि छलफल भएको उपमहासचिव भट्टराईले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।














