
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।
एक्कासी छाती दुख्ने समस्या भएपछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो । अध्यक्ष श्रेष्ठ लामो समयदेखि मुटुको बिरामी हुन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।
स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको प्रदेश सांसद कैलाश चौधरीले जानकारी दिए ।














