Logo
Logo

सैन्य परेडमा सीले भने- चीन कसैको धम्कीमा डराउँदैन


693
Shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चीन कसैको धाकधम्कीबाट नडराउने बताएका छन् । चीनको ८०औँ विजय परेडलाई सम्बोधन गर्दै उनले चीन कहिल्यै पनि कसैको धाक–धम्कीबाट नडराउने बताएका हुन् ।

‘साथीहरू र कमरेडहरू, हामी चीनको विजयको ८०औँ वार्षिकोत्सव मनाउन भेला भएका हौं,’ उनले भने, ‘चीन कहिल्यै पनि धाक–धम्की देखाउने कसैबाट डराउँदैन।’

उनले चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडाइँ गरेका वीरहरूलाई सम्मान गर्न समेत अपिल गरे ।
जिनपिङले भने, ’इतिहासले हामीलाई चेतावनी दिन्छ– मानवता सँगै उठ्छ र सँगै पतन हुन्छ । चीन कहिल्यै पनि धम्की दिनेहरूबाट डराउँदैन र सधैं अगाडि बढिरहन्छ।’

सम्बोधनका क्रममा उनले यो एक ’नयाँ यात्रा, नयाँ युग’ भएको बताए । जिनपिङ चीनकै अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गरिरहेका छन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वर्षगाँठको अवसरमा भएको हो ।

परेडअघि नै राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए ।
यी तीनै नेता सार्वजनिक रुपमा एउटै ठाउँमा देखिएको यो पहिलोपटक हो । उनीहरू परेड हेर्न आएका विश्व नेताहरूको पंक्तिमा सबैभन्दा अगाडि बसेका छन् । यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित भएका छन्

प्रतिक्रिया दिनुहोस्