Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८ हजार नजिक


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजार रुपैयाँ बढेर कारोबार भएको हो ।

मंगलबार २ लाख ५ हजार ९०० रुपैयाँका कारोबार भएको सुन आज बढेर २ लाख ७ हजार ९ सय कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्