Logo
Logo

न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा (सूचीसहित)


882
Shares

काठमाडौं । न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा भएको छ । न्याय सेवा आयोगको बुधवारको बैठकले सहसचिव र उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।

सो निर्णय अनुसार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ । उनी विशेष अदालतमा रजिष्ट्रार पदको दरबन्दीमा रहेपनि न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए ।

यस्तै, श्रीलाल पौडेलको सर्वोच्च अदालतमा सरुवा भएको छ । यसअघि उनी सर्वोच्च अदालतमा काजमा कार्यरत थिए । उनको दरबन्दी उच्च अदालत पाटनमा थियो । वेदप्रसाद उप्रेतीको पनि काज रहेकै ठाउँ विशेष अदालतको रजिष्ट्रार पदमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्