काठमाडौँ । नेपाल र बङ्गलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ २१ र २४ गते साँझ ५:३० बजे हुने खेलका लागि बङ्गलादेश टोली भदौ १८ गते नै नेपाल आइसकेको छ। अभ्यासका लागि भद्रकाली र च्यासल रंगशाला उपलब्ध गराइएको छ।
खेलको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्रा.लि. लाई दिइएको छ। भिआइपी प्याराफिटको टिकट दर रू १,००० र साधारण प्याराफिटको रू ५०० निर्धारण गरिएको छ।
दुवै खेलको समग्र विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरिनेछ। खेल बराबरी भएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ।
प्रतियोगिता सञ्चालन खर्च करीब १ करोड २७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।











