काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो ।

अहिले फेसबुक चल्न छाडेको छ । इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताएका छन् । सरकारको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढेको हो ।














