Logo
Logo

०८४ को चुनावमा एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले ०८४ को चुनावमा एकल बहुमत ल्याउने बताएका छन् ।

गोदावरीस्थित सनराइज हलमा आज बाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले ०८४ को चुनावमा एकल बहुमत ल्याउन एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन् । साथै उनले एकल बहुमत ल्याउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन समेत दिए ।

उनले भने, ‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौँ ।’

उनले अहिले पार्टीको नीति अनुसार राष्ट्र अघि बढेकाले विरोधीहरूले प्रहार गरेको बताए । उनले थपे, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा भएर धाँधली रोक्नेछौँ दृढताको साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्