ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले हरिसिद्धि सडकको उकालोमा एक बालकलाई ठक्कर दिएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ, र प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । दुर्घटनापछि स्थानीयको सडक अवरुद्धले एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडकमा यातायात प्रभावित भएको छ ।














