Logo
Logo

युट्युब वेब ब्राउजरमा बन्द


693
Shares

काठमाडौं । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको दुई दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायक सङ्घ (आईएसपान)ले युट्युबका सबै आईपी एड्रेस बन्द गर्ने प्रक्रिया सुरु गरेको हो ।

The current image has no alternative text. The file name is: youtube-2.jpg

फलस्वरूप, म्युजिक भिडियो, फिल्म, वेब सिरिज, समाचार, कमेडीलगायतका सामग्रीहरू प्रभावित भएका छन् । आईएसपानका अध्यक्ष सुधीर पराजुलीले वेब ब्राउजरमा युट्युब बन्द भइसकेको र मोबाइलमा पनि क्रमशः बन्द हुने प्रक्रिया चलिरहेको बताए । 

सामाजिक सञ्जाल बन्द हुँदा डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ । कन्टेन्ट क्रिएटर र कलाकारहरूको आम्दानीमा नकारात्मक प्रभाव परेको छ भने नयाँ गीत, टेलिसिरियल र हास्य कार्यक्रमहरूको प्रशारण रोकिएको छ । सरकारको यो निर्णयले समग्र आर्थिक सूचकहरूमा समेत प्रतिकूल असर परेको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्