Logo
Logo

अरुण काबेलीमा न्यौपाने समूहको मनपरीविरुद्ध सेयरधनी एकजुट


63
Shares

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा विवादास्पद पात्रका रूपमा चिनिने गुरुप्रसाद न्यौपाने र उनको समूहले अरुण काबेली पावर कम्पनी लिमिटेडमा आर्थिक अनियमितता र मनपरी गरेको आरोप लागेको छ । ठेक्कामा मिलेमतो, आर्थिक अनुशासन उल्लंघन, र जथाभावी लगानीका कारण बदनाम न्यौपाने समूहले सर्वसाधारणबाट प्राथमिक तथा हकप्रद सेयरमार्फत अर्बौं रुपैयाँ संकलन गर्दै आएको छ ।

अरुण काबेलीले हालै २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी ३.८९ अर्ब रुपैयाँबाट थप १.९४ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यसका लागि असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीमा अरुण भ्यालीको संस्थागत लगानीसहित न्यौपाने समूहको १४ प्रतिशत सेयर हिस्सा छ, जबकि बाँकी ८६% सेयर दोस्रो बजारका लगानीकर्तासँग छ ।

गुरुप्रसाद न्यौपानेले कार्यकारी अध्यक्षको रूपमा कम्पनीमा मनपरी गर्दै आएको बेलामा शेयर बिक्रिमा भित्री कारोबारको कसुरमा धितोपत्र बोर्डको कारबाहीपछि उनले राजीनामा दिएर भतिज रमेशप्रसाद न्यौपानेलाई कार्यकारी अध्यक्ष बनाए पनि पर्दा पछाडिबाट आफैंले नियन्त्रण कायम राख्ने गरेका छन् । कम्पनीको वार्षिक प्रतिवेदनमा वित्तीय स्वास्थ्य राम्रो देखाइए पनि पुँजीको दुरुपयोग, हचुवामा लगानी, र कागजी घोटाला गरेको आरोप सेयरधनीहरूले लगाएका छन् ।

यो पटकको साधारण सभामा ८६% सेयरधनीहरू एकजुट भएर न्यौपाने समूहको मनपरीविरुद्ध उभिने तयारीमा छन् । १४ प्रतिशत सेयरको आधारमा कम्पनीमा रजाइँ गर्दै आएको न्यौपाने समूहलाई कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

सेयरधनीहरूले नयाँ सञ्चालक समिति चयन गर्नेसहित कम्पनीको सम्पूर्ण हिसाबको स्वतन्त्र लेखापरीक्षणको माग गर्ने सम्भावना छ।सञ्चालक समितिमा नातागोता भर्ती गर्न माहिर न्यौपानेले हाल अरुण काबेलीको सञ्चालक समितिमा भतिज रमेशप्रसाद न्यौपाने कार्यकारी अध्यक्ष छन् ।

सञ्चालकहरूमा न्यौपानेका साला सुशील तिमिल्सिना, जीवनराज शाक्य, सलिन नेपाल, र शाश्वत चालिसे छन् । थानेश्वर भट्टराई कम्पनी सचिव र दिव्या कोइराला फाइनान्स म्यानेजर छन् । कोइरालालाई न्यौपाने समूहको अर्को कम्पनी रिदी पावरको स्वतन्त्र सञ्चालक बनाइएको छ, जसले आर्थिक अनियमितताको आशंका झनै बलियो बनाएको छ ।

न्यौपाने समूहले जलविद्युत कम्पनीहरूमा भित्री कारोबार र भ्रष्टाचार गरेको आरोप समेत लाग्दै प्रमाणित पनि भएकोछ । यश पटकको साधारणसभामा सेयरधनीहरूले कम्पनीको पारदर्शिताका लागि हिसाब किताबको स्वतन्त्र लेखापरीक्षण र कडा कारबाहीको माग गर्दैछन्। यो साधारणसभाले अरुण काबेलीको भविष्य र न्यौपाने समूहको प्रभावलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्