
काठमाडौं । आर्थिक पत्रकारको छाता संगठन आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा १ सय १० मत ल्याउँदै भट्टराई अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचनमा २४६ मत खसेको थियो। भट्टराईका निकटतम प्रतिद्वन्द्वी विश्वास रेग्मीले ९२ प्राप्त गरे भने आशा थपलियाले ४१ मत पाए । एक मत बदर भयो
उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा कमल बस्नेत, सचिवमा शंकर पण्डित र कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएका छन् ।
सदस्यहरुमा सीमा तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा र अर्जुन तामाङ निर्वाचित भएका छन् ।











